२०८१ पुष ७

विशेष अभियानका लागि काग्रेस रुपन्देहीले खटायो प्रतिनिधि
  • लुम्बिनी खोज
  • २०८१ मंसिर २५, मंगलवार ११:१९ गते

भैरहवा २५ मसिंर ।
नेपाली कांग्रेस रुपन्देहीले सय दिन बिशेष राष्ट्रिय अभियानका लागि जिल्लाका सवै वडामा प्रतिनिधी खटाएको छ ।
जिल्ला, प्रतिनिधी सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानिय पालिका र वार्ड सभापति तथा कार्यसमिति सगं समन्वय र परामर्श गरी प्रतिवेदना तयार पार्न प्रतिनीधी खटाउने निर्देशन बमोजिम जिल्लामा पनि प्रतिनीधी खटाइएको नेपाली कांग्रेस रुपन्देहीमा सभापति रामकृष्ण खाणले जानकारी दिए । उनका अनुसार आगाी पुस ७ गते भित्र प्रतिवेदन ल्याउने गरी जिल्लाका १ सय ५५ वटै वडामा प्रतिनिधि खटाइएको छ ।
महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, क्षेत्रीय सभापति र जिल्ला सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाइएको कांग्रेस रुपन्देहीका सचिव हरी काफ्लेले जानकारी दिए । प्रतिनिधिहरुले वडा भेला, अन्तरक्रीर्या गर्ने, कार्यसमीती पुर्ण नभएको भए बिधान बमोजिम गर्न लगाउने, नियमीत बैठक बस्न लगाउने, पार्टी सगंठन, क्रियाशिल सदस्यता नवीकरण प्रक्रिया के कस्तो भएको छ, उक्त वडामा अन्य पार्टीको अवस्था, जनप्रतिनीधी र पार्टी बिचको समन्वय जस्ता बिषय हरु समेटेर प्रतिवेदन तयार पार्ने छन् ।