२०८१ पुष ७
चौथो कालिका सिंङ्गिङ आइडलमा खत्री
बुटवल ४ पुस ।
कालिका मानव ज्ञान माविको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बिहिबार जिल्ला स्तरिय कविता प्रतियोगीता र चौथो कालिका सिंङ्गिङ आइडल सम्पन्न भएका छन् ।
विद्यालयमा गरिएको स्व.शेरबहादुर गुरुङ स्मृति अक्षयकोषबाट सञ्चालित जिल्ला स्तरिय कविता प्रतियोगितामा अक्सफोर्ड बोर्डिङ स्कुलका पवन अधिकारी प्रथम भएका छन् । उनले नगद १३ हजार समेत प्रप्त गरे । यस्तै कालिका मानव ज्ञान माविकी मनिषा पराजुली द्वितीय भईन् । उनले ९ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरिन् । न्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलका विशेषजन कार्की तृतीय भए उनले ७ हजार सहित प्रमाणपत्र प्राप्त गरे । क्यानन बोर्डिङ स्कुलका बसन्त यादव चतुर्थ स्थान हासिल गरि नगद ४ हजार रुपैयाँ प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकपाल प्रमुख विवेकराज पोखरेलले जानकारी दिए ।
यस्तै कालिका मानवज्ञान मावि मा अध्यायनरत विद्यार्थीहरु मध्येबाट उत्कृष्ट १० जनामा गरिएको चौथो कालिका सिंङ्गिङ आइडलको उपाधी भने प्रीया खत्रीले प्राप्त गरिकी छिन् ।उनले नगद १८ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरिन् । स्व.मन्दिरा गलामी अक्षयकोषबाट कालिका सिंङ्गिङ आइडल गरिएको हो । आइडलमा सागर श्रीपाली द्वितीय हुँदै नगद १२ हजार सहित पुरस्कृत भए ।
विवेक खराल तृतीय हुदै ८ हजार र उपमा पाण्डे चतुर्थ स्थान हासिल गर्दै ५ हजार नगद प्राप्त गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सल्लाहकार तथा बुटवल कालिका क्याम्पसका अध्यक्ष होम गलामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार तथा प्रदेश सकारका शिक्षा विज्ञ दलबहादुर गुरुङ, अक्षयकोष दाताका प्रतिनिधि अशोक गुरुङ र गिरिप्रसाद गलामी लगायतको आतिथ्यता रहेको थियो । कविता प्रतियोगीतामा २० वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख एवं कार्यक्रम कार्यक्रमका संयोजक विवेकराज पोखरेलले गरेका थिए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सिन्धुली कला केन्द्रका नौमती बाजा समूहको उत्कृष्ट प्रस्तुति समेत रहेको थियो ।
सिंङ्गिङ आइडलको निर्णायक गीतकार एवं संगीतकार दीपक श्रेष्ठ र तेजु अर्याल रहेका थिए भने जिल्ला स्तरिय कविता प्रतियोगिताको निर्णायकमा साहित्यकारहरु ऋषिराम भुसाल दिल साहानी रहेका थिए ।
यस्तै बिहिबार छात्रातर्फको भलिवल प्रतियोगीमा पहिलो खेल एभरेष्ट मावि र दिप माविका विचमा भएकोमा ३–० ले एभरेष्ट मावि विजयी भएको छ । यस्तै दोस्रो कान्ती मावि र न्यु होराईजन का विचमा भएकोमा होराइजन मावि ३–० सेटले विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।यस्तै कालिका मावि र नविन माविका विचमा भएकोमा कालिका ३–० सेटले विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै छात्रा तर्फ नै कुवरवर्ती मावि र बुद्ध पब्लिकको विचमा भएको प्रतिस्पर्धामा ३–० सेटले कुवरवर्ती विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
छात्र तर्फ न्यू होराईजन मावि र पब्लिक माविका विचमा भएकोमा न्यु होराईजन विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै कालिका मावि र दिप माविका विचमा भएकोमा कालिका मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै जनज्योति मावि र नविन औद्योगीक माविका विचमा भएकोमा जनज्योति मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै कान्ती मावि र मणिमुकुन्दको विचमा भएकोमा मणिमुकुन्द मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
कबड्डी तर्फ पहिलो खेलमा न्यु होराईजन मावि, दोस्रोमा नविन औद्योगीक मावि, तेस्रोमा मणिमुकुन्द मावि, चाथौमा न्यु होराईजन मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । । यस्तै पाचौ खेलमा होराईजन जिविएस विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।