२०८१ पुष १३

कालिकाले बाढ्यो १ करोड ३० लाखको अक्षयकोषबाट छात्रवृत्ति
  • लुम्बिनी खोज
  • २०८१ पुष ६, शनिबार १४:४४ गते

बुटवल ६ पुस ।
बुटवल स्थीत कालिका मानवज्ञान माविले १ करोड ३० लाखको अक्षयकोषबाट छात्रवृत्ति वितरण गरेको छ । कालिकामा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले सो रकम बराबरको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयको ६४ औं बार्षिक उत्सवको अवसरमा शनिवार छात्रवृत्ती वितरण तथा सम्मान कार्यक्रम गरिएको हो । साताब्यापी रुपमा बार्षिक उत्सव मनाउने क्रममा पाचौं दिन कालिका मानवज्ञान मावि सेक्टर २ रामनगरमा छात्रवृत्ती वितरण तथा सम्मान कार्यक्रम गरिएको हो । यहा २ सय भन्दा पनि धेरैलाई छात्रवृत्ती प्रदान गरिएको छ । विभिन्न दाताहरुले स्थापना गरेको १ करोड ३० लाख रुपैयाँ बराबरको अक्षयकोषको रकमबाट ६२ प्रकारका छात्रवृत्ती प्रदान गरिएको हो ।
छात्रवृत्ती वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले कालिकाबाट धेरै कुरा सिक्नुपर्ने भन्दै इमान्दार पुर्वक काम गरेमा असंभव केही नभएको बताए ।
अनुशासन मानिको सबैभन्दा ठुला कुरा भएको भन्दै उनले कर्तव्य बोधको साथ इमान्नदारिता पालना गर्नु पर्ने बताए ।
कालिकामा ३५२ जना शिक्षक मध्ये ६८ जना मात्रै सरकारी सेवा सुविधा लिएको अवस्था भएको भन्दै राष्ट्रिय रुपमा अब्बल बनाउनको लागि विद्यालयको नेतृत्व सहि भएकै कारण अहिलेको अवस्था आएको बताएका थिए ।
कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्रमुख तथा विद्यालयका प्रमुख सल्लाहकार घनश्याम पाठकले आफ्नो कार्याकालमा कालिका विकासको प्रस्ताव पेश गरिएको स्मरण गर्दै सोही बेलादेखि सुरुवात भएको अभियानले सार्थकता पाएको बताएका थिए । कामले उपलब्धि हुने भन्दै उनले समाजप्रति को उत्तरदायी निर्वाह गर्न जरुरी भएको बताएका थिए ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले पैसाको कारणले कुनै पनि विद्यार्थी फिर्ता पठाउनुनपरोस् भन्ने धारणा साथै दाताहरुको सहयोगमा कालिकामा विपन्न विद्यार्थीहरुको लागि छात्रवृत्ती स्थापना गरिएको र पूर्णरुपमा सदुपयोग भैरहेको बताएका थिए ।
कार्यक्रममा प्रध्यापक रामलाल श्रेष्ठ, बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा शैक्षिक व्याक्तित्व होम बहादुर गलामी, कालिका माविका सहायक –प्रधानाध्यापक लोकराज घिमिरे, ईन्चार्ज कृष्ण गौतम, अक्षयकोष दाताको तर्फबाट बाट चन्द्र प्रकाश शर्मा , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीलगायतले कालिका मावि तथा शैक्षिक क्षेत्रका बारेमा धारणा राखेका थिए ।
कालिका मानवज्ञान माविमा स्थापना भएका ६२ प्रकारका छात्रवृत्ती गरिबी तथा जेहेन्दार, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा शिक्षक तथा पत्रकारलाई समेत सम्मान गरिएको थियो ।
अक्षयकोषबाट बुटवल टुडे पत्रिकाका पत्रकार माया केसी तथा बुद्ध टेलिभिजन हिमालय टिभीका पत्रकार ललित पाण्डेलाई नगद सहित सम्मान गरिएको थियो ।


कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा अभिभावक दिवस मुल समारोह पुस ७ गते विहान ९ बजे सेक्टर १ कालिकानगरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा हुँदै छ ।