२०८१ माघ २
बुटवल २७ पुस ।
माघे सकराती पर्वको अवसर पारेर शनिवार शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल मगर संघ तिलोत्तमा नगर वडा नं १४ इकाई समितिले मगर समुदायको मौलिक सांस्कृतिक पर्व माघे सकरातीको अवसर पारेर शनिबार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल मगर संघ तिलोत्तमा नगर वडा नं १४ इकाई समितिका अध्यक्ष बल बहादुर रानामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल जस्तो विविधता रहेको मुलुकमा हरेक समुदायको मौलिक पर्व तथा चाडहरुको उचित संरक्षण र प्रवद्र्धनमा राज्यले ध्यान दिन जरुरी रहेकोमा जोड दिएका छन् । मगर समुदायको भाषा, सस्कार र संस्कृति राष्ट्रिय सम्पत्ति रहेकाले यसको संरक्षणमा राज्यले ध्यान नपु¥याउँदा हराउँदै जाने खतरा रहेकाले समयमै संरक्षण गर्नुपर्ने कुरामा उनीहरुको जोड छ ।
सो अवसरमा तिलोत्तमा नगरपालिका वडा नं १४ का वडा अध्यक्ष आश्विन पौडेल, नेपाल मगर संघ लुम्विनी प्रदेश सदस्य सनु थापामगर, मगर संघकै रुपन्देही जिल्ला सदस्य भोम बहादुर बुढामगर, नेपाल मगर संघ तिलोत्तमा नगर समिति अध्यक्ष लिलमाया रानामगर, तिलोत्तमा नगर कार्यपालिका सदस्य रवि सेन्चुरी , नेपाल मगर संघ तिलोत्तमा नगर वडा नं १४ इकाई समितिका उपाध्यक्ष चक्रप्रसाद पुनमगर, विष्णु दगामी मगरलगायतले बोलेका थिए । कार्यक्रममा मगर समुदायका प्रचलित नृत्यहरु सालैज्यू, कौराहा, सोरठी लगायत सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।