२०८१ चैत्र १
बुटवल २२ माघ ।
सशस्त्र प्रहरी बल नेपाल मद्दती तथा सेवा गुल्म, बुटवल रुपन्देहीको १० औं स्थापना दिवस मनाइएको छ । बुटवल १७ मा रहेको गुल्मको स्थापना दिवसमा विभिन्न खेल तथा ब्यवसायीक तालिममा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत समेत गरिएको छ ।
मंगलबार भएको कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कमल तिमिल्सेनाले उत्कृष्टहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा १० जनालाई पुरस्कृत गरिएको थियो । सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापा मगर समेतको उपस्थीति रहेको कार्यक्रममा गुल्मपति प्राविधिक सशस्त्र प्रहरी नायव उपरिक्षक इन्जिनियर सुशिल थापाले गुल्मबाट भएका कामका बारेमा जानाकारी गराएका थिए ।
स्थानिय जनप्रतिनिधिसहित विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा वरिष्ठ उपरिक्षक तिमिल्सेनाले सशस्त्र प्रहरीले देश र जनताका लागि गर्नुपर्ने कामप्रति इमान्दारी पूर्वक अगाडी बढ्न निर्देशन दिएका थिए ।