२०८२ बैशाख ६

पाणिनि तपोभूमि सम्मेलनमा पाणिनिको महत्वदेखि गुरुयोजना सम्मका ४ वटा कार्यपत्र
  • लुम्बिनी खोज
  • २०८१ चैत्र २८, बिहीबार ०५:०७ गते

बुटवल २८ चैत ।
अर्घाखाँचीमा बुधवारदेखि शुरु भएको पाणिनी तपोभूमि सम्मेलनमा आज बिहिवार पाणिनीसग सम्वन्धित विभिन्न विषयमा छलफल गरिने भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनी गाउपालिका र पाल्पाको रैनादेवी छहरा गाउपालिकाको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनमा ४ वटा कार्यपत्र माथि छलफल हुने भएको छ ।
४ वटा कार्यपत्र मार्फत यहाको महत्व देखि विकाससम्मका विषयमा गहन चिन्तन मनन गर्न लागिएको छ । पर्यटन विकास परिषद बुटवलका अधिकृत शंकर पौडेलका अनुसार यहा नेपाल राष्ट्रिय माविका पूर्व प्रअ रामप्रसाद पोखरेलले महर्षि पाणिनि तपोभूमी परिचय र महत्व विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । उनको कार्यपत्र माथि नेपाल सरकारका पूर्व उपसचिवहरु सूर्यप्रसाद भुसाल र रामप्रसाद भट्टराईले टिप्पणी गर्ने छन् ।
त्यस्तै यहा प्राध्यापक नवराज पाण्डेयले पाणिनिका सुत्र र कृति विषयमा प्रस्तुत गर्ने कार्यपत्र माथि रुरु सस्कृत विद्यापिठका उपप्रध्यापक भरत भट्टराईले टिप्पणी गर्नेछन् । संस्कृत भाषा र साहित्य विषयमा नेपाल सस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका प्रा. डा. गुरुप्रसाद सुवेदीले कार्यपत्र प्रस्तुत गर्ने छन् । सो कार्यपत्रमा प्रा. रमेश ढकालले टिप्पणी गर्ने कार्यक्रम तय गरिएको छ । अधिकृत पौडेलका अनुसार पाणिनी तपोभूमीको गुरुयोजना विषयमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर भिमार्जुन पाण्डेले कार्यपत्र प्रस्तुत गर्ने छन् । सो कार्यपत्र माथि प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लिराज आचार्यले टिप्पणी गर्ने छन् । समग्रमा यी चार वटा कार्यपत्र माथि गहन छलफल गरी पाणिनिको विकासमा महत्वपूर्ण योगदान पुग्ने गरी सम्मेलन सम्पन्न हुने आयोजकले बताएका छन् ।
महषि पाणिनि ऋषिले पाणिनि गाउँपालिकाको पाणिनीमा तपस्या गरेको इतिहास छ । पाणिनिलाई संस्कृत व्याकरणका पिता मानिँदै आएको छ । पाणिनि तपोभूमिको गरिमा र महत्वलाई उजागार गर्दै यहाको विकासमा ध्यान केन्द्रीत गर्न सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै नेपालको भुमी ध्यानभूमि, ज्ञानभूमि तथा देवभूमिका रूपमा रहेको भन्दै यसका लागि महर्षि पाणिनिसहितको ऋषिहरुको ठूलो भूमिका रहेको बताएका थिए ।
बुधवार पाणिनि तपोभूमिमा महर्षि पाणिनि मन्दिरको शिलान्यास पनि गरिएको थियो ।
यस स्थललाई ध्यानभूमि, ज्ञानभूमि तथा देवभूमिका रूपमा प्रचारप्रसार गर्दै धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहित २७ लाख ४५ हजार ७ सय २६ रुपैयाँ १५ पैसाको लागतमा मन्दिर बन्न थालेको हो ।