२०८२ कार्तिक २०

रवि र छविको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २०, बिहीबार १२:०८ गते

बुटवल, २० कार्तिक ।

सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार मूल मुद्दाको मिसिल झिकाउने आदेश गरेको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले दिएको जानकारीअनुसार  न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतबाट मूल मुद्दाको मिसिल झिकाउने आदेश भएको बताए ।