२०८२ भाद्र १८

सहयोगी टोल विकास सस्थाले ग-यो तीज मिलन कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ श्रावण २३, शुक्रबार १२:४३ गते

बुटवल २३ साउन ।
बुटवल कालिकानगर स्थीत सहयोगी टोल विकास सस्थाले तीज मिलन कार्यक्रम गरेको छ । नजिकिदै गरेको हरितालिका तीज पर्वको अवसर पारेर गरिएको तीज मिलन कार्यक्रममा शुभकामना आदान प्रदान तथा नाजगान गरिएको थियो ।
कार्यक्रममा सस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले तीज पर्वको महिमा तथा महत्वका बारेमा चर्चा गरेका थिए । तीज मिलन कार्यक्रम मौलिकता एंव संस्कृतिमा विचलित नआउने गरी मनाउनुपर्नेमा जोड दिए । पूर्वजहरुले गरेको मौलिकता तथा संस्कृतिको संरक्षणलाई ध्यान दिएर उनीहरुको विचारलाई जीवन्त राख्नेगरी तीज पर्व मनाउनुपर्ने उनले बताए । यस किसिमका कार्यक्रमले सबैमा आत्मियता बढाउन मद्दत मिलोस् भन्ने कामना पनि अध्यक्ष न्यौपानेले गरे ।
सस्था सल्लाहकार सुमित्रा आचार्यले तीजको मौलिकता माथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष एंव कार्यक्रम संयोजक राधा न्यौपाने, सहसचिव निर्मला, संस्थाका संरक्षक भोजराज ज्ञवाली, कार्यसमिति सदस्य लक्ष्मी पराजुली, स्वास्थ्य तथा शिक्षा उपसमिति सदस्य कल्पना खड्कालगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।