२०८२ भाद्र २८
बुटवल २८ भदौ ।
बुटवल स्थीत भाटभटेनी सुपरमार्केटमा चोरीमा संलग्न शिक्षक विद्यालयबाट निष्काशित भएका छन् । भदौ २४ गते भएको जीनजीको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको तोडफोड तथा लुटपाटका क्रममा बुटवल स्थीत कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्ला चोरीमा संलग्न भएको सामाजिक सञ्जालमा आएको थियो । शनिवार कालिकाका प्रधानाध्यापक दिनेश थापाले शिक्षक शिवशंकर शुक्लालाई विद्यालयबाट हटाउने निर्णय गरेका हुन् ।
शुक्ला भदौ २४ गते भएको जीनजीको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न देखिएको प्रधानाध्यापक थापाले बताएका छन् । साथै शुक्लाले विद्यालयको आचारसंहिता तथा नियम विपरित कार्य गरेको समेत थापाद्वारा जारी कारबाही पत्रमा जनाएको छ ।