२०८२ कार्तिक २३
बुटवल, २१ कार्तिक ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगर बुटवलमा कक्षा १२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य व्यक्त गर्दै राष्ट्रिय परीक्षा बोर्ड लुम्विनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख सहसचिव रमाकान्त तिवारीले उत्कृष्ट नतिजा प्राप्त गर्ने सबै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै राष्ट्रकै सर्वश्रेष्ठ विद्यालयमा अध्ययन गर्ने अवशर प्राप्त भएकोमा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले गौरव गर्नु पर्ने धारण राखे । उनले यस विद्यालयबाट उत्पादित विद्यार्थीहरुविभिन्न विधामा अब्बल भएकोले देशका उत्कृष्ट पदहरुमा जान सक्ने बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका शाखा अधिकृत अमर के.सी.ले विद्यार्थीहरुमा विभिन्न क्षमता हुने हुँदा विद्यार्थीहरुको पढाइलाई मात्र मापन गर्न नहुने र विद्यार्थीहरुमा भएका विधाहरुलाई अब्बल बनाउने तर्फ लाग्न सुझाव दिदै आगामिक कक्षा १२ को वोर्ड परीक्षामा सफल हुन अबलम्बन गर्नु पर्ने रणनीतिहरु बताए ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा ११ की छात्रा सुबेक्षा शाक्यको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका असल शैक्षिक अभ्यास, उपलब्धी, सवल पक्ष र चुनौती लगायतका विषयमा सहजीकरण गरेका थिए ।
विद्यालयमा कक्षा १२ व्यवस्थापन, सिभिल इन्जिनियरिङ्ग, विज्ञान, कानुन र शिक्षा समुहमा अध्ययनरत उत्कृष्ट नतिजा प्राप्त गर्ने र कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय भएका २३ सेक्सनका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, विज्ञान समूहका इन्चार्ज लक्ष्मी नारायण चौधरी ,व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, व्यवस्थापन समूह कक्षा १२ का इन्चार्ज केशवराज पन्थ, कानुन समूह इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल, कानुन समुहकी शिक्षक अधिवक्ता निशा खरेल, इसीए इन्चार्ज नेत्र खरेल, जुनियर इन्जिनियर विशाल रावत र विद्यालय कर्मचारी परिषद बुटवलका अध्यक्ष देवराज चौधरीलगायतले सहजीकरण गरेका थिए ।
