२०८२ पुष ५

शुभयात्रा नेपालको २६ औं वार्षिक साधारण सभा
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २४, सोमबार ११:३१ गते

बुटवल २४ कात्तिक ।
शुभयात्रा नेपालको २६ औं वार्षिक साधारण सभा हरिहर सन्यास आश्रम, देवघाट तनहुँमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका भावी कार्यदिशा र सामाजिक अभियान सँग सम्बन्धित विभिन्न १२ वटा प्रस्तावहरू पारित गरेको संस्थाका सह–सचिव बद्रीनाथ पोख्रेलले जानकारी दिए ।
साधारण सभा उद्घाटन गर्दै हरिहर सन्यास आश्रमका पिठाधीश एवं नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले शुभयात्रा नेपालका पाँच सूत्रीय योजनाहरूको प्रशंसा गरे । पाँच सूत्रीय योजनामा संलग्न–देवभूमि (गण्डकी, कोशी, कर्णाली), गौ–निकुञ्ज, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटन विकास — सम्बन्धमा मार्ग निर्देश गरे ।
सभाका सभाध्यक्ष एवम् शुभयात्रा नेपालका केन्द्रीय अध्यक्ष मधुसूदन गैह्रेले संस्थाले सातै प्रदेशमा सात वटा गौचरन क्षेत्र स्थापना गर्ने र रुपन्देहीमा क्यान्सर अस्पताल निर्माणका लागि अग्रसर हुने योजना अघि सारिएको जानकारी गराए । सभाले पारित गरेका १२ वटा प्रस्तावहरू संस्थाको भावी कार्यदिशा र सामाजिक अभियानका लागि महत्वपूर्ण रहेको केन्द्रीय सदस्य सावित्रा टण्डनले बताइन् ।