२०८२ फाल्गुन १८
बुटवल २८ मंसिर ।
शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीको आयोजनामा शैक्षिक सूचना प्रवाह र सुशासन अभिवृद्धि विषयक अन्तरक्रिया आइतबार कालिका मानव ज्ञानमावि बुटवलमा सम्पन्न भएको छ। उक्त अन्तरक्रियात्मक कार्यक्रममा बुटवल उपमहानगरपालिका, तिलोतमा नगरपालिका ,देवदह नगरपालिका ,सैनामैना नगरपालिका ,कञ्चन गाउँपालिका ,गैडवा गाउँपालिका र शुद्धोधन गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उनीहरुकाबीच रूपन्देही जिल्लामा भएका असल शैक्षिक अभ्यास साझेदारी तथा वर्तमान समयमा विद्यालयले सामना गर्नुपर्ने समस्याहरु विद्यालय शिक्षा क्षेत्र योजना, विद्यालय प्रशासन र परीक्षा लगायतका विषयहरूमा विद्यालयहरूले सम्पादन गर्नुपर्ने कार्यहरूको सम्बन्धमा सान्दर्भिक समय सापेक्षिक तथा प्रभावकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका इकाई प्रमुख उपसचिव विष्णुप्रसाद पन्थीको अध्यक्षतामा, जिल्ला शिक्षा समिति रूपन्देहीका अध्यक्ष तथा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईंको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव टिकाराम शर्मा, नेपाल शिक्षक महासंघ रूपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने , कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापालगायत सबै पालिकाका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधिहरू र सहभागी सबै विद्यालयका प्रधानाध्यापकहरूको कार्यक्रममा सहभागिता रहेको थियो । शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका शिक्षा अधिकृत झविलाल बिकको सञ्चालनमा सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका शाखा अधिकृत अमरबहादुर केसीले गरेका थिए । कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख तथा प्रधानाध्यापकहरूले उठाएका प्रश्नहरूको जवाफ जिल्ला समन्वय समिति रूपन्देही प्रमुख उमाकान्त चपाईं, शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका इकाई प्रमुख विष्णुप्रसाद पन्थी र सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव टिकाराम शर्माले दिएको नवीन औद्योगिक कदर बहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।
