२०८२ फाल्गुन १७

नवीनमा जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८२ पुष १५, मंगलवार १०:२६ गते

बुटवल, १५ पुस ।
नवीन औद्योगिक कदर बहादुर रिता मावि देवीनगरद्वारा विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवस २०८२ को अवसरमा जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सोमबार सम्पन्न भएको छ।
उक्त प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय मावि देवदह प्रथम, देवद अङ्ग्रेजी मावि द्वितीय र सुनगाभा सेकेन्डरी बोर्डिङ स्कुल सैनामैना तृतीय भएका छन्। रुपन्देही जिल्लाका नौवटा सामुदायिक र १७ वटा संस्थागत विद्यालय गरी २६ वटा विद्यालयहरूको सहभागिता रहेको कार्यक्रममा पहिलो राउन्डमा छवटा विद्यालयहरू छनोट भएका थिए । जसमा ग्रीन प्लान्ट, देवद अङ्ग्रेजी सुनगाभा पब्लिक, न्यू होराइजन मावि, देवदह मदर ट्रॉङ्ग्स र बुद्ध पब्लिक इङ्ग्लिस स्कुल छनोट भएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाई प्रमुख उपसचिव विष्णुप्रसाद पन्थीले प्रथम ,द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरूलाई चेक, नगद रकम, ट्रफी र प्रमाणपत्र वितरण गरे । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका अधिकृत द्वय झविलाल बिक र अमर केसी विद्यालयका सहायक प्रधानाध्यापक द्वय अर्जुन खनाल र रोमनाथ घिमिरे लगायतको सहभागिता रहेको कार्यक्रममा हाजिर जवाफ प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि क्विज मास्टरको रूपमा डाक्टर आविष्कार पराजुली रहेका थिए । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा शिक्षक अन्जु रानाभाटको सञ्चालनमा सम्पन्न कार्यक्रममा इसिए इन्चार्ज दृय लक्ष्मण भुसाल र नेत्रलाल खरेल ,मोतीलाल हरिजन , उषा बेलबासे, अम्बिका न्यौपाने घिमिरे र तीर्थराज घिमिरे लगायतले सहजीकरण गरेका थिए ।