२०८२ माघ १
बुटवल , १८ पुस ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय बुटवलद्वारा स्वर्ण महोत्सव तथा अभिभावक दिवस २०८२ को अवसरमा आयोजित नगरस्तरीय अन्तर विद्यालय भलिवल प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
उक्त फाइनल खेलमा मणिमुकुन्द मा.वि. र न्यू होराइजन मा.वि वीचको खेलमा ३ शुन्यको सोझो सेटमा न्यू होराइजन माध्यमिक विद्यालय प्रथम भएको छ भने मणिमुकुन्द मा.वि. द्वितीय भएको छ । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. र उजिरसिंह मावि बीचको खेलमा ३–२ को सेटमा नवीन औद्योगिक कदरबहादुर रिता मावि तृतीय भएको छ भने उजिर सिंह मा.वि. सान्तवना भएको छ ।
नगर खेलकुद विकास समितिका संयोजक वोनिन पियाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर खेलकुद विकास समिति बुटवलका संयोजक वोनिन पियाले विद्यालयले खेल मर्यादित रुपमा संचालन गर्नुको साथै विद्यालयले खेल आयोजना गरेर राम्रो कार्य गरेकोमा प्रसंशा गर्दै यस्ता खेलहरुले खेलाडीहरु निखारीदै जाने र बुटवललाई खेलकुदको हव बनाउन सहयोग पुग्ने बताए ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा, विद्यालयका सहायक प्र.अ. अर्जुन खनालको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले स्वर्ण महोत्सवको समग्र प्रगति तथा मूल समारोह तयारीको वारेमा धारणा राखेका थिए ।
कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान प्राप्त गर्ने खेलाडी टिमलाई पच्चीस हजार, पन्ध्र हजार, सात हजार र तीन हजार पाँच सय नगद, मेडल, ट्रफी, प्रमाणपत्र र चेक प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा अनुशासित टिम न्यू होराइजन मा.वि. र बेस्ट प्लेयरमा एसमन पुलामी मगरलाई नगद पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा रेफ्री संयोजक किसन चन्द, रेफ्रीहरु चिरन पाल, आकाश बेल्वासे र सुजन रानालाई मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रममा खेलकुद प्रशिक्षक दिपक कुमार क्षेत्री, भलिवल प्रशिक्षक बरुण गिरी लगायतले सहजीकरण गरेका थिए ।

