२०८२ माघ ११

दुई महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक माघ १३ गते बस्दै
  • लुम्बिनी खोज
  • २०८२ माघ १०, शनिबार १५:२१ गते

बुटवल १० माघ ।
लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशन गत मंसिर ८ गते देखि सुरु भएपछि नियमित हुन नसकेकोमा २ महिना भन्दा पनि धेरै दिनको अन्तरालयमा यही माघ १३ गते बस्ने भएको छ । वर्षे अधिवेशन अन्त्य भएको दुई महिनापछि शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक बसेको २ महिना ८ गते पुरा भएको छ ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले शनिबार एक सूचना जारी गर्दै प्रदेश सभाको बैठक सभामुुख तुलाराम घर्तिमगरको निर्देशन बमोजिम माघ १३ गते मंगलबार दिउसो १ बजे बस्ने उल्लेख गरेका छन् । लुम्बिनी प्रदेश सभाको नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम उक्त दिन बैठक बस्ने सूचनामा उल्लेख गरिएको छ । सातौँ अधिवेशन शुरु भएको दिन मंसिर ८ गते एउटा मात्रै बैठक बसेको थियो ।