२०८२ चैत्र ३

रविको मुद्दा बिहीबारसम्मका लागि हेर्दाहेर्दैमा
  • लुम्बिनी खोज
  • २०८२ चैत्र ३, मंगलवार १३:०२ गते

काठमाण्डौं ३ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा मंगलबार पनि बहस नसकिएपछि मुद्दा बिहीबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ। बुधबार घोडेजात्राको सार्वजनिक बिदा भएकाले अब बिहीबार सुनुवाइ हुन लागेको हो ।
न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले यस मुद्दामा सुनुवाइ गरिरहेको छ। उक्त इजलासले उस्तै माग भएका तीनवटै रिट एकसाथ सुनुवाइ गरिरहेकोमा हेर्दाहेर्दैमा राखिएको छ। युवराज पौडेल सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीसमेत तीनजनाले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको छ।