२०८२ चैत्र ९

चुरोटको पैसा मागेपछि विभत्स हत्या
  • लुम्बिनी खोज
  • २०८२ चैत्र ९, सोमबार १४:०९ गते

बुटवल ९ चैत ।
रुपन्देहीमा दुई खिल्ली चुरोटको पैसा माग्दा एक ६० वर्षीया महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुद्धोधन गाउँपालिका– १ शिसै बस्ने रेनु पटवारको हत्या भएको हो । उनको हत्याको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया आघि अगाडी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दका अनुसार घटना यही चैत २ गते रातिको हो। सानो पसल गर्दै आएकी रेनु पसलमै सुत्ने गर्थिन्। त्यस दिन पनि पसलमै सुतेको अवस्थामा राती करिब ११ बजे एक १६ वर्षीय किशोर चुरोट किन्न पसलमा आएका थिए ।
पसल खोलेर चुरोट दिएपछि किशोरले चुरोटको पैसा नदिएपछि विवाद भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। पैसा मागेपछि आवेशमा आएका किशोरले तत्कालै पसलमा रहेको कैंचीले रेनुको अनुहार, टाउको, हात र घाँटीलगायत शरीरका विभिन्न भागमा आक्रमण गरी विभत्स हत्या गरेको खुलेको प्रनाउ चन्दले बताए ।

किशोरलाई शनिबार नियन्त्रणमा लिई सोही मितिबाट लागू हुने गरी रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको चन्दले बताए । किशोर लागुऔषध सेवनकर्तासमेत रहेको प्रहरीले जनाएको छ ।