२०८२ चैत्र १६

ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अनुमति
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १५, आईतवार १३:४५ गते

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले आइतबार ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई आआफ्नै निवासबाट पक्राउ गरेको थियो।