२०८२ चैत्र १८

प्रधानन्यायाधीश राउत सेवाबाट बिदा
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १७, मंगलवार १४:०८ गते

काठमाण्डौं १७ चैत ।
उमेरहदका कारण अनिवार्य अवकाश भएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सेवाबाट बिदा भएका छन् ।
२०८१ असोज २० मा प्रधानन्यायाधीशमा नियुक्त भएका राउत ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश भएका हुन् । मंगलबार उनलाई वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले बिदाइ गरेकी हुन् ।
राउतको बिदाइपछि बुधबारदेखि मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन् । न्यायपरिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि मल्लसहित सर्वोच्च अदालतका ६ वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।