२०८२ चैत्र २७
काठमाण्डौं २६ चैत ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज चैत्र २६ गते खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित आयुक्त पद प्रदान कवाजलाई सम्बोधनका क्रममा सो आग्रह गरेका हुन् ।
नेपाली सेनाका अनुसार चैत्र २६ गते खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित आयुक्त पद प्रदान कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो मातृभूमि र जनताप्रति समर्पित हुने दृढ सङ्कल्प सहित कठिन तालिम पश्चात् आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई दिँदै नव आयुक्त अधिकृतहरू सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायरा भित्र रही सदैव आफ्नो जिम्मेवारी र दायित्व प्रति सजग र कर्तव्यनिष्ठ रहने विश्वास व्यक्त गरेका छन् । उक्त कार्यक्रममा अधिकृत आधार तालिममा सहभागी १८३ जना अधिकृत क्याडेटहरुले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।
