२०८३ बैशाख ११

पर्यटकलाई दुःख दिने भारतीयसहित तीन बिचौलिया पक्राउ
  • लुम्बिनी खोज
  • २०८३ बैशाख १०, बिहीबार १२:३६ गते

बुटवल १० बैशाख ।
भारतीय पर्यटकलाई दुःख दिने एक भारतीयसहित तीन बिचौलिया पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका– १ बेलहियास्थित नेपाल–भारत सीमानामा भारतीय पर्यटकलाई अनावश्यक दुःख हैरानी दिएको अभियोगमा तीनजना पक्राउ परेका हुन्। जिप्रकाका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाका अनुसार जिप्रकाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका– १ बस्ने २६ वर्षका निरज हरिजन, सोही ठाउँ बस्ने ३२ वर्षका बैजु कलवार र भारत महाराजगंज सुनौली बस्ने २७ वर्षका मुलायम यादव रहेका छन्। सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीइले जनाएको छ।