२०८३ बैशाख १५

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन वैशाख १७ गतेलाई आह्वान
  • लुम्बिनी खोज
  • २०८३ बैशाख १४, सोमबार १६:२३ गते

बुटवल १४ बैशाख ।
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ ।
प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार नेपालको संविधान बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट अधिवेशन आह्वान गरिएको हो ।
सूचना अनुसार अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ बमोजिम प्रदेश सभा सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिएका छन ।