२०८३ बैशाख २१
बुटवल २० बैशाख ।
बुटवलको मोतिपुर क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले आइतबार प्रदर्शन गरेका छन् । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा खाली गराउने चर्चा चलेपछि मोतिपुर क्षेत्रका बासिन्दा बस्ती हटाउन पाइदैन् भन्ने आवाज उठाउदै बिरोधमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरूले “डोजर आतंक पाराले दुःख पाए साराले”, नीति बनाई न्याय दे, दमन होइनु समाधान दे” जस्ता नारा लगाएका थिए। उनीहरूले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

