२०८३ बैशाख २४
बुटवल २४ बैशाख ।
सौन्दर्य तथा छाला उपचार सेवामा सक्रिय मञ्जिलाज एस्थेटिक एण्ड स्किन केयरले बुटवलमा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । संस्थाकी म्यानेजिङ डाइरेक्टर मोनिका सुवेदीको नेतृत्वमा सञ्चालनमा आएको उक्त शाखाको उद्घाटन उनकी आमा हिरादेवी सुवेदीले रिवन काटेर गरिन् । करिब १ करोड लगानीमा बुटवलमा सञ्चालनमा आएको शाखाबाट दैनिक करिब ६० देखि ७० जनासम्मले सेवा लिन सक्नेछन् ।
कालोलाई गोरो, उमेर धेरै भएकालाई तन्नेरी जस्तै देखिने गरी सेवा दिइने मञ्जिलाज एस्थेटिक एण्ड स्किन केयरले जनाएको छ ।
यसअघि भक्तपुरमा दुई शाखा सञ्चालन गर्दै आएको संस्थाले सेवा विस्तार गर्दै बुटवललाई नयाँ गन्तव्यका रूपमा रोजेको जनाएको छ ।
करिब ६ वर्षदेखि सौन्दर्य तथा छाला उपचार क्षेत्रमा सक्रिय सुवेदीले थाइल्याण्ड, दुवइ, जापान र मलेसियालगायत देशमा तालिम लिएर आधुनिक प्रविधि भित्र्याएको बताइन्। उनका अनुसार बुटवल शाखामा अन्तर्राष्ट्रिय स्तरका नयाँ–नयाँ प्रविधि र उपकरणमार्फत सेवा प्रदान गरिनेछ। मञ्जुले पति भीमप्रसाद न्यौपानेको साथमा मञ्जिलाज एस्थेटिक एण्ड स्किन केयर सञ्चालन गर्दै आएकी छिन् ।
बुटवलको नेपालगञ्ज रोडस्थित लक्ष्मी मोहन कम्प्लेक्सको दोस्रो तलामा सञ्चालनमा आएको बुटवल शाखामा अनुहारको छाला परीक्षण गर्ने आधुनिक मेसिनसमेत जडान गरिएको छ। यहाँ छालासम्बन्धी विभिन्न समस्याको समाधान गरिने भन्दै मञ्जुले चिकित्सकसहितको सेवा शुरु गरेको बताइन् । छाला कालो हुने, चायाँ–पोतो, चाउरीपनालगायतका समस्या तथा कपालसम्बन्धी सबैखाले समस्याको समाधान उपलब्ध रहेको जनाइएको छ। साथै, सौन्दर्य क्षेत्रमा सीप सिक्न चाहनेहरूका लागि तालिमसमेत सञ्चालन गरिएको उनले बताइन्।
सेवाको गुणस्तर सुनिश्चित गर्न क्लिनिकमा डाक्टरबाट छाला परीक्षण गरिने व्यवस्था गरिएको छ बुटवल शाखामा दुई जना नर्स सहित १० जना कार्यरत छन्। भक्तपुरमा दुई शाखामा २५ जना कार्यरत रहेका छन् ।
उद्घाटनको अवसर पारेर केही दिनका लागि विशेष छुटको व्यवस्था गरिएको मञ्जुले बताइन् । देशका विभिन्न शहरमा शाखा खोल्नु अनुरोध आएको भन्दै उनले अब अन्य शहरमा पनि शाखा विस्तार गर्ने योजना बनाएको बताइन् ।


