२०८३ बैशाख २९
बुटवल २८ बैशाख ।
जिल्ला खेलकुद विकास समिति रुपन्देहीको आयोजना बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिति बुटवलको सह आयोजनामा सोमबारदेखि बुटवलमा १६ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ।
१६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी बुटवल उपमहानगरपालिका, तिलोतमा नगरपालिका ,देवदह नगरपालिका ,लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका,, शुद्धोधन गाउँपालिका, कञ्चन गाउँपालिका र सियारी गाउँपालिकाका खेलकुद प्रशिक्षक तथा खेलाडीहरू गरी १ हजार ५ सय ९० जनाको सहभागिता रहेको छ । कार्यक्रममा उद्घाटन खेल एन्फा टेक्निकल सेन्टर देवीनगरको खेलमैदानमा एथलेटिक्स तर्फका फिल्ड र ट्रयाकका खेलहरू सञ्चालन गरिनेछ । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले ओलम्पिक मसाल बालेर खेलकुदको शुभारम्भ गरेका थिए । रूपन्देहि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कोशिस बहादुर खड्काले १५ सय मिटर छात्र दौडको शुभारम्भ गरेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन गरेका नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका अन्य खेलहरू न्यु होराइजन स्कुलको भलिबल कोर्टमा छात्र भलिबल ,एभरेस्ट बोर्डिङ स्कुलको भलिबल कोर्टमा छात्रा भलिबल ,रुपन्देही जिल्ला खेलकुद विकास समितिको कबडहलमा छात्रछात्रा कबड्डी, नवीन औद्योगिक कदरबहादुर रिता माविको सभाहलमा तेक्वान्डो र दीप बोर्डिङ स्कुलमा कराते खेलहरू सञ्चालन हुने बताए । पहिलो दिन विभिन्न प्रतियोगिता भएका छन् । उद्घाटन समारोहमा नवीन औद्योगिक कदरबहादुर रिता माविका सांस्कृतिक संयोजक अर्जुन शाह ठकुरी र सांस्कृतिक प्रशिक्षक मोनिका देवकोटाको नेतृत्वमा १६५ जना छात्राहरुले आधुनिक सामूहिक रोचक नृत्य प्रस्तुत गरेका थिए। नवीन औद्योगिक कदरबहादुर रिता मावि राष्ट्रिय सेवा दल सिनियर डिभिजनका क्याडेटहरूले एरोबिक्स डान्स र ड्रिल प्रदर्शन गरेका थिए नवीन औद्योगिक कदरबहादुर रिता माविका पन्चेबाजा समूहद्वारा नजरा ,मङ्गलधुन र तीन ताल बजाएका थिए।
कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले रुपन्देही जिल्लाको खेलकुदको विकासको लागि योजनाबद्ध रूपमा पहल गर्ने धारणा व्यक्त गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकामा खेलकुद क्षेत्रको विकासका लागि र खेलाडी उत्पादन गर्नको लागि विद्यालय तहबाटै पहल गरिएको र स्थानीय क्लबहरूलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गर्ने गरिएको धारणा व्यक्त गरे । रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कोसिसबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले र कार्यक्रमको सञ्चालन नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं खेलप्रेमी व्यक्तित्व हरिप्रसाद श्रेष्ठ ,रूपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्य, राष्ट्रपति रनिङशील प्रतियोगिता कार्यक्रम संयोजक तथा नगर खेलकुद विकास समितिका सदस्य शेरजंग गुरुङ, नगर खेलकुद विकास समितिका सदस्यहरूलगायतको उपस्थीति रहेको थियो ।