२०८१ पुष ११

बुटवलमा लुम्विनी प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०७९ आश्विन ३, सोमबार ०९:१३ गते

बुटवल ।
प्रदेश खेलकुद परिषद लुम्बिनीद्वारा नवौं र्राष्ट्रिय खेलकुद २०७९ को  लागि प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिताको उद्घाटन एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको छ । उक्त छनौट प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले गरे ।
उक्त अवसरमा लुम्बिनी प्रदेशका वन तथा  वातावरण शुरेन्द्र हमाल , प्रदेश खेलकुद परिषदका सदस्य सचिब जयप्रकाश भट्टराई लगायतले धारणा राखेका थिए ।
उक्त कार्यक्रममा तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाण, नेपाली सेना २२ नम्बर बाहिनीपति सहायक रथी नवराज गुरुङ , लुम्बिनी प्रदेश प्रहरी प्रमुख नलप्रसाद  आचार्य, नेपाल ओलम्पियन संघ अध्यक्ष दिपक बिष्ट , मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनाल , लुम्बिनी प्रदेश शिक्षा तथा खेलकुद मन्त्रालयका उप  सचिबद्दय थानेश्वर ज्ञवाली , मनोज कुमार गैर , रुपन्देही जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री ( हरि ) रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा , नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल , बुटवल उप–महानगरपालिका प्रवक्ता शिव  राना , कालिका मानवज्ञान मा.वि का प्रधानाध्यापक दिनेश थापा , नवीन औधोगिक कदर बहादुर रीता मा. बि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेत , एथलेटिक्सका बरिष्ठ प्रशिक्षक मोहन घले लगायतको सहभागिता रहेको थियो।
उक्त अवसरमा नवीन औधोगिक कदर बहादुर रीता मा बि .का बिद्यार्थीहरु एक सय पचास  जना स्काउट , एक सय आइ.टि.एफ.तेक्वान्दो , एक सय डब्लु. टि. एफ. तेक्वान्दो एक सय कराते र नृत्यमा गरि चार सय एकहक्तर  बिद्यार्थीहरुको मार्चपासमा सहभागी भएका थिए । जसको नेतृत्व खेलकुद प्रशिक्षक नवराज खरेल र डब्लु . टि. एफ. तेक्वान्दो प्रशिक्षक गणेश कुवरले गरेका थिए । २१ जना बिद्यार्थीहरुले  रोचक झ्याउरे  नृत्य प्रस्तुत गरेका थिए  जसको नेतृत्व नृत्य प्रशिक्षक अर्जुन शाह ठकुरीले गरेका थिए ।
साथै कालिका मानवज्ञानका  विद्यार्थीहरुले  पिटि प्रदर्सन गरेका थिए । उक्त नेतृत्व लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य हरि बहादुर ओलीले गरेका थिए ।
गण्डकी प्रदेशको पोखरामा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय    खेलकुद प्रतियोगिता २०७९ को लागि लुम्बिनी प्रदेश बाट ३६ बिधा मध्ये ३४ बिधाका खेलमा सहभागिता जनाउने भएको छ ।
लुम्बिनी प्रदेश शिक्षा तथा खेलकुद मन्त्री एवं प्रदेश खेलकुद परिषद लुम्बिनीका अध्यक्ष वसीउद्दिन खाको सभापतित्वमा पत्रकार सन्जु पौडेलको सञ्चालानमा कार्यक्रम भएको थियो ।