२०८२ बैशाख ८

यसरि गरौं दशैमा रमाइलो
  • लुम्बिनी खोज
  • २०७९ आश्विन १८, मंगलवार ००:५० गते

बिष्णु हरि आचार्य

‍हरितालिका तिज हुदै वडा दशै २०७९ को सुरुवाति चरणमा आउदै गर्दा आहार, बिहार,बिचार र व्यबहार मा परिवर्तन परिवर्तन आउने गर्दछ। यो हामिमा आउने खुसीको प्रभाव हो। जसले केहि बाद्यताका अवस्था शृजना समेत गरिरहेको हुन्छ।माछा,मासु खानै पर्छ।बोतलमा प्याकिङ भएका चिसा पेय पदार्थ कोक, फेन्टा नभई हुदैन।रक्सी बियर भएन भने त चाड पर्व आएजस्तो नलाग्न सक्छ। पैसा नभए पनि रिण सापटि गरेर बोका,खसि ढाल्नै पर्छ। अत्याधिक धेरै घिउ, तेल राखि माछा मासु भुटेर खानै पर्छ। हामिलाइ के यहीँ हो त हाम्रा मौलिक चाड पर्वहरुको विशेषता। किन परिवर्तन आउदै छ हामिमा दशै सुरु भै सके पछि धूम्रपान,मध्यपान सङगै जुवा तास पनि खेल्नु पर्छ हामि मद्यका धेरैलाई । असन्तुलित खानपान संगै बिहान उठे देखि साझ सम्म गरिने क्रियाकलाप र निद्रामा समेत फरक पन आउने गर्दछ। जसले गर्दा आहार संगै बिहारको सन्तुलन बिग्रन सक्छ आहार बिहारमा आएको बदलाभले बिचारको परिवर्तनमा भुमिका खेलिरहेको हुन्छ। बिचारमा आएको भिन्नताले व्यबहार बिगार्न सक्छ।जस्ले गर्दा सारिरिक रुपमा सरिर अस्वस्थ भएको अनुभव ,मानसिक रुपमा मन बिग्रेको अनुभुति ,सामाजिक रुपमा एक्लो भएको सोचाइ र आद्यत्मिक चिन्तनको कमि भएको आभास हामि भित्र सलबलाइ रहेको हुन्छ।यि र यस्तै दिन चर्याका कारण हाम्रो शरीरमा एक किसिमको निष्क्रियता पैदा हुन्छ जुन कतै न कतै गएर रोगको कारण बन्न सक्छ। त्यसैले सम्यमित भएर सरल तरिकाले मनाउ हाम्रा मौलिक पर्वहरुलाइ जस्ले मनमा उत्साह परिबारमा आत्मीयता छर छिमेकमा भाइचारा र उच्च मनोबलको बिकास प्रवाह गर्न सकोस।

आहार माछा मासुको पर्योग गर्‍दै गर्दा साग पात सलाद जस्ले जस्ले सरिरमा आबस्यक पर्ने क्षारिय तत्वको पुर्ति गर्दछ त्यस्ता चिजको संतुलन कायम गरौं । पेय पदार्थको सट्टामा दहि महि,लस्सि पर्योग अत्यन्तै प्रभावकारि।मद्यपान गर्दै गर्दा परिबार र छरछिमेकि माथिको सामाजिक सदभाबमा पर्ने असरको बिचार बिमर्श अति आबस्यक बिसय हुन। चाड बाडमा खेलिने जुवा तासले सारिरिक निष्क्रियता,मानसिक तनाव र आर्थिक बिचलन ल्याइ रहेको हुन्छ त्यसैले केहि छिनको रमाइलोले पार्ने दीर्घकालीन असरलाइ मनन गर्नु पर्छ। बडा दसैंकोको एक हप्ता बिदामा बिहानको आधा घन्टा समय ब्यबस्थापन गरि योग,प्राणायाम,ध्यान र हास्य आसन गित गाउने नाच्ने गरौं जसले पारिवारिक माया सदभाव बडाउदै उच्च मनोबल कायम राख्ने संदेश प्रवाह गरिरहेको हुन्छ। बिचार संतुलन कायम राख्दै व्यबहारमा एकरुपता ल्याउन योग अभ्यास भरपर्दो श्रोत हो। यसरि सरल तरिकाबाट मनाउ हाम्रो महान पर्व बडा दसैं र तिहार पर्वलाइ। तडक भडकमा चाड पर्व मनाउदै गर्दा हाम्रो सरिरमा कुनै अस्वस्थ पन नआओस मनमा नकारात्मक भावका तरंगहरु नबडुन।तपाइँको सामाजिक दाइत्व नघटोस, बड्दै जाओस् आध्यात्मिक उर्जामा टेवा थपियोस। स्वस्थ,मस्त,ब्यस्त र सक्रिय रहदै हाम्रा मौलिक पर्वहरु मनाउ। सम्पुर्णमा सुभकामना।

लेखक योग- आयुर्वेद अभियान्ता हुन।