२०८२ आश्विन ३
बुटवल ३ असोज ।
नेपाली बजारमा आज शुक्रबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको छ । आज छापावाल सुन २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बिहीबारको बजारमा यस्तो सुन २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । बिहीबार तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।