२०८१ पुष १२
संविधान बचाउन गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन आग्रह
बुटवल , २६ कार्तिक ।
बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुले आफ्नो घरदैलोलाई निरन्तरता दिईरहेका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशव बहादुर थापा(सुर्यवंशी) तथा प्रदेशसभा सदस्य २(१)का उम्मेद्वार दीर्घबहादुर केसी(कुमार) र २(२)का उम्मेद्वार बामदेब क्षेत्रीले घरदैलोलाई निरन्तरता दिएका हुन् ।
शनिबार तिलोत्तमा १ का बिभिन्न स्थान शारदा स्कुल, शान्तीनगर, शाईराम टोल, पर्वती चोक, बेलको रुख, सातघरे मगर टोल, बनबाटिका, फाएरलाईन, शान्तीचोक, पाउरोटी फ्याक्ट्री हुँदै बुद्धपथमा आएर कोणसभा गरि घरदैलो समापन गरिएको नेपाली कांग्रेस तिलोत्तमा १ सचिव मनोज टण्डनले जानकारी दिए ।
नेपाली कांग्रेस तिलोत्तमा १ सभापति जवानसिंह ठकुरीको नेतृत्वमा भएको घरदैलोमा स्थानीयहरुले नयाँ उम्मेद्वारलाई मतदान गर्ने बताएको सचिव टण्डनले बताए ।
घरदैलो कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशव बहादु थापा(सुर्यवंशी) र प्रदेशसभा सदस्य २(१)का उम्मेद्वार दीर्घ बहादुर केसी(कुमार)ले नेकपा एमालेबाट देश पार नलाग्ने बताउँदै देश र संविधान बचाउन गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे । उम्मेद्वारहरुले नेकपा एमालेले जनतालाई प्रलोभवनमा पारि झुक्कयाउने कामहरु मात्रै गर्ने गरेको बताउँदै सत्यको पछि हिड्ने उम्मेद्वार(गठबन्धनका उम्मेद्वार)लाई बिजयी बनाउन आग्रह गरे ।
यस्तै प्रदेशसभा सदस्य २(२)का उम्मेद्वार बामदेब क्षेत्रीले बुटवल उपमहानगरपालिका वडा १२ का बिभिन्न स्थानमा घरदैलो गरेका छन् । घरदैलोमा मतदाताले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
बिहान क्षेत्रीले बिभिन्न धार्मिक संघ संस्थाका अगुवाहरुसंग भेटवार्ता गरेका छन् । ब्रह्मकुमारी ईश्वरीय विश्व बिद्यालय, ज्योति चर्च गोलपार्कका अगुवाहरुसंग भेटगरी बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरुलाई बजियी बनाउन आग्रह गरेका थिए । चर्चका अगुवाहरुले बिजयी भएपछि क्रिष्टमसको दिनमा सार्वजनिक बिदा दिन माग गरेका थिए भने बिश्व बिद्यालयका अगुवाहरुले बिजयी भएपछि निर्माणाधिन भवन सम्पन्न गर्न बजेटको व्यवस्थापन गरिदिन आग्रह गरेका थिए ।