२०८१ माघ २३
बुटवल,१३ चैत ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ५ भेडीगाउँ नजिकैको जंगलमा भेटिएको ९ थान बम नेपाली सेनाको टोलीले सोमबार डिस्पोट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार नं २ वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरबाट गएको टोलीले बम डिस्पोज गरेको हो ।
अस्थायी प्रहरी चौकी सर्दीबाट १८ किमि उत्तरतर्फ आईतबार बम भेटिएको थियो । गोठालो गएका स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।