२०८१ माघ २३

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको अदालतमा बयान सुरु
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १२, शुक्रबार ०८:५१ गते

काठमाडौ,१२ जेठ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । शुक्रवारदेखि काठमाडौँ जिल्ला अदालतमा बयान लिन शुरु भएको हो । आज पहिलो दिन केशव दुलाल र सागर राईको बयान हुने बताइएको छ ।

नेपालीहरूलाई नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

यो प्रकरणमा १६ जना पक्राउ परेका छन् भने १४ जना अझै फरार छन्। उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ।