२०८१ माघ २३

इन्धनमा स्वचालित प्रणाली लागू, डिजेल–पेट्रोल र ग्यासको मूल्य घट्यो
  • लुम्बिनी खोज
  • २०८० असार ३१, आईतवार १३:०२ गते

बुटवल ३१ असार ।
नेपाल आयल निगमले अब इन्धनमा स्वचालित प्रणालीबाट मूल्य लागू गर्ने भएको छ । आज राति १२ बजेबाट डिजेल पेट्रोलमा स्वचालित मूल्य लागू हुने भएको हो। नेपाल आयल निगमको आज बसेको २३३५औँ सञ्चालक समितिको बैठकले साउन १ बाट लागू गर्ने निर्णय गरेको हो ।

आगामी दिनहरूमा भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढ्दा मूल्य बढ्ने र घटेर आउँदा घट्नेछ। हवाई इन्धनको मूल्य समितिको निर्णयअनुसार हुने छ ।

त्यस्तै, निगमले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ घटाएको छ। अब एलपी ग्यासको १८ सय रुपैयाँबाट घटेर १७९० रुपैयाँ पुगेको छ। पेट्रोलमा ६ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ घटाएको छ।