२०८१ आश्विन ७

नेप्सेको २६ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० श्रावण ८, सोमबार ११:३१ गते

काठमाडौँ ८ साउन।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २६ अंकको गिरावट आएको छ । हिजो आइतबार मौद्रिक नीति आउँदा एकैदिन ६३ अंकले बढेको थियो । तर, आज नेप्सेमा करेक्सन हुँदै २६ अंकले घटेर बन्द भएको हो ।आज सेयर बजार परिसूचक नेप्से २६.६६ अंकले घटेर २२००.५० विन्दुमा रोकिएको छ।
आज नेप्सेमा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ । यस क्रममा आज ५० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १६३ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर छ ।
परिसूचक घटेपनि आज किसन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । कित्तामा ७९ रुपैयाँले बढेपछि आज कम्पनीको सेयर मूल्य ८७१ रुपैयाँ पुगेको छ ।
नेप्से परिसूचकमा २६ अंकको गिरावट आउँदा म्यूचुअल फण्ड समूह ०.१४ अंकले र अन्य समूह ४५ अंकले बढ्नुबाहेक सबैमा गिरावट आएको छ ।