२०८१ आश्विन ६

नवीनमा तेक्वान्डो प्रतियोगिताका विजेता तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
  • लुम्बिनी खोज
  • २०८० श्रावण ९, मंगलवार ०९:०२ गते

बुटवल,९साउन ।
त्रिभुवन आर्मी क्लव काठमाडौंमा सम्पन्न एसिएन कप पाँचौ खुल्ला अन्तराष्ट्रिय तेक्वान्डो प्रतियोगिताका विजेता तथा पेटी परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको छ ।
तेक्वान्डो परिषद भारत, नेपाल योङ ब्रोदर तेक्वान्डो क्लव र मार्शल आर्ट क्लव भारतको संयुक्त आयोजनामा आयोजित डब्लुटीएफ मा विजेता खेलाडीहरुलाई नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानध्यापक प्रेम बहादुर बस्नेतले सम्मान गरेका हुन ।
प्रतियोगितामा नास्तिक पंचभैयाले स्वर्ण पदक प्राप्त गरेका थिए । गगनदिप कुँवर, देवीराम राना, आयुष कार्की समिक्षा थापा र अनिष घर्ती मगरले रजत पदक प्राप्त गरेका थिए ।
सागर गौतम, मिसन जि.सी. करिना चौधरी, प्रिन्स के.सी. र शुशान्त कुमार नेपालले कास्य पदक प्राप्त गरेका थिए ।
उक्त कार्यक्रममा डब्लुटीएफ का प्रशिक्षक गणेश कुँवरले सहजीकरण गरेका थिए ।उक्त प्रतियोगितामा नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. बाट १७ जना जुनियर खेलाडीहरुको सहभागिता रहेको थियो ।