२०८१ मंसिर १
भैरहवा १६ साउन ।
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको आर्थिक सहयोगमा भैरहवा क्षेत्रका होटल व्यावसायमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि सिद्धार्थ होटल व्यावसायी संघ रुपन्देहीको समन्वय र डायनामिक टेक्नीकल एजुकेसन एण्ड भोकेसनल टे«िडङ्ग प्रा.ली.को संचालनमा १६ दिनको (९६ घण्टे) वारिष्टा तालिम मंगलवारबाट शुरु भएको छ ।
होटल एशोसिएसन महासंघ नेपालका केन्द्रिय सदस्य तथा सिद्धार्थ होटल व्यावसायी संघ रुपन्देहीका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधब प्रसाद पौडेलले वारिष्टा तालिमका प्रशिक्षार्थीहरुलाई सिकाइ स्तर प्रभावकारी वनाउन र अधिकतम सिप अभिवद्धि गरी व्यवहारमा उतार्न सहभागिहरुको सक्रिय सहभागिता रहनुपर्ने बताए । तालिमवाट प्राविधिक दक्षता अभिवृद्धि भई व्यावसायमा उत्पादकत्वमा बृद्धि हुने र बिस्तारै स्वरोजगारीको विकास गर्ने उद्देश्यले सिप अभिवृद्धि तालिमहरु लुम्विनी प्रदेशका विभिन्न ठाउँमा आयोजना गरेको उनले बताए ।
कार्यक्रममा होटल व्यावसायी महासंघका केन्द्रिय सदस्य तथा सिद्धार्थ होटल व्यवसायी संघका अध्यक्ष चन्द्र प्रकास श्रेष्ठले सिपयूक्त प्राविधिक सीप विकास गरी स्वरोजगार बनाउने कार्यलाई सहजीकरण गर्न टेवा पु¥याउन सहयोगीको भूमिका निर्वाह गरी तालिमका लागि आर्थिक सहयोग गर्ने रुपन्देही उद्योग संघ, सिप बिकास इकाईलाइ धन्यवाद ज्ञापन गरे ।
विभिन्न होटल व्यवसायहरुमा कार्यरत पेशाकर्मीहरुका लागि दैनिक ६ घण्टा चल्ने २४ दिनको ९६ घण्टे वारिष्टा तालिमको उद्घाटन कार्यक्रममा इन्स्योर परियोजनाका टिभेट लुम्विनी प्रदेश संयोजक चक्रपाणि तिमिल्सीनाले तालिमको सिकाई स्तर प्रभावकारी हुनुपर्ने बताए । कार्यक्रममा रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी, सिप विकास इकाईको कार्यक्रम संयोजक खिमानन्द रिजाललगायतको सहभागिता रहेको कार्यक्रममा डायनामिक टेक्नीकल एजुकेसन एण्ड भोकेसनल ट्रेडिङ्ग प्रा.ली.का तालिम संयोजक धिरेन राकस, मिलन तरामुलगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए । उक्त तालिमवाट विभिन्न होटल व्यावसायमा कार्यरत २० जना लाभान्वित हुने संघका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।