२०८१ कार्तिक ६

नेप्से १८.६० अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० आश्विन १०, बुधबार ११:१६ गते

बुटवल १० असोज ।

सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १८.६० अंकको गिरावट हुँदा २००४.३० को विन्दुमा बन्द भएको छ ।

मंगलबार २०२२.९१ को विन्दुमा बन्द भएको नेप्से बुधबार १८.६० अंकको गिरावट हुँदा २००४.३० को विन्दुमा बन्द भएको हो ।
बुधबार नेप्सेका सबै उपसूचका गिरावट हुँदा नेप्से परिसूचक पनि घटेको हो । लगातार रुपमा बढीरहेको हाइड्रोपापावर उपसूचक बुधबार भने सर्वाधिक गिरावट भएको हो ।
बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब नाघेको कारोबार रकम बुधबार भने १ अर्ब ८१ करोड ४४ लाखको कारोबार भएको हो । ५८ हजार ३६७ वटा कारोबारमा ७० लाख ६१ हजार ४०४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।