२०८२ माघ २८
बुटवल ३ माघ ।
बुटवल स्थीत साझा हस्पिटल प्रा.लि. ले मिर्गाैला रोगीहरुका लागि तीन करोड लगानीमा हेमोडायलासिस सेवा सञ्चालनमा ल्याएको छ । ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापासंगको सहकार्यमा हाल ८ वटा मेशिनबाट हेमोडायलाइसिस शुरु गरिएको हो ।
सेवाको अस्पतालका अध्यक्ष गोबिन्द खनालले सोमबार उद्घाटन गरेका छन् । मिर्गौलाका विरामीहरु दिन प्रतिदिन बढिरहेको सन्दर्भमा विरामीहरुलाई सुलभ उपचार दिने उद्देश्यले भविष्यमा ५० वटा मेसिन पु¥यायने लक्ष्य सहित सेवा शुरु गरिएको अध्यक्ष खनालले बताए । नियमित डायलाइसिस गराउनुपर्ने विरामीहरुले सर्वसुलभ सेवा पाउन नसक्दा बहिर जानुपर्दा उच्च आर्थिक व्ययभार पर्ने भएकाले निःशुल्क सेवा उपलब्ध गराउने खनालले बताए ।
सेवालाई पूर्ण निःशुल्कका लागि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय समक्ष प्रकृया अगाडि बढाइसकिएको अस्पतालका सञ्चालक डा. विनोद पराजुलीले बताए । यस्तै अस्पतालले सोमबारदेखि एनआईसीयू र यूरो सर्जरी सेवा पनि शुरु गरेको छ ।