२०८१ आश्विन ६

शान्ति नमुनामा औद्योगिक प्रशिक्षार्थी अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८० आश्विन १७, बुधबार १३:४१ गते

रुपन्देही, १७ असोज ।
रुपन्देहीको तिलोत्तमा—५ मा अवस्थित शाान्ति नमुना मा.वि.ले एक कार्यक्रमका बीच औद्योगिक प्रशिक्षार्थी (अपे्रन्टिसिप) अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रिडिप्लोमा इन होटल म्यानेजमेन्ट तर्फ १ सय ५ जना तथा प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङ्गमा ४५ जना इच्छुक विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा प्राप्त ज्ञान र सीपलाई कसरी व्यवहारिक रुपमा प्रयोग गरी आयआर्जनमा जोड्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गरिएको थियो । यस कार्यक्रम अन्तरगत इन्जिनियरिङ्ग तर्फ २५ जना र होटल म्यानेजमेन्ट तर्फ ४० जना विद्यार्थीहरुले अध्ययनसँगै कामको अवसर प्राप्त गर्ने छन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछाने, तिलोत्तमा वडा नं ५ का अध्यक्ष रमेश डुमे्र, रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव अर्जुन थापा, नेशनल इन्जिनियरिङ्गका प्रोप्राइटर माया खनाल, पञ्चकन्या स्टिल्सका प्रबन्धक मिलन थापा, ड्रिमल्यान्ड गोल्ड रिसोर्टका जेनेरल म्यानेजर लक्ष्मण खड्का, इन्स्योर प्रतिनिधि रोहित दर्नाल , विद्यालय व्यवस्थापन समितिका सदस्य भगवती पौडेल, कार्यक्रमका संयोजक खिमानन्द रिजाल लगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमको सहजिकरण एन्स्योरका प्राविधिक अधिकृत नरेश सिंह थारु तथा शान्ति नमुना मा.वि.का प्राविधिक धार संयोजक भीम प्रसाद पाण्डेले गरेका थिए । कार्यक्रमको सञ्चालन डिएचएम संयोजक भोजराज वोस्तीले गरेका थिए ।
सोही अवसरमा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा छनौट भएर काम गर्ने विद्यार्थीहरुलाई कामको प्रकृतिको बारेमा जानकारी गराइएको थियो । छनौट प्रक्रियापछि विद्यार्थीहरुले सिफारिस भएका क्षेत्रमा गई आयआर्जनमा जोडिने अवसर प्राप्त गर्नेछन् ।