२०८१ आश्विन ६

उद्योग संघमा बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख र बुटवल औद्योगिक क्षेत्रका प्रमुखलाई स्वागत
  • लुम्बिनी खोज
  • २०८० आश्विन २२, सोमबार ०८:१० गते

बुटवल,२२ असोज ।
रुपन्देही उद्योग संघले बुटवल उपमहानगरपालिकामा सरुवा भई आउनु भएका प्रमुख कार्यकारी अधिकृत विष्णु भुसाल र बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख प्रकाश अधिकारीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उद्योग संघले सचिवालयमा आयोजन गरेको कार्यक्रममा दुबै जनालाई संयुक्त रुपमा स्वागत गरिएको थियो ।

त्यस अवसरमा संघका अध्यक्ष माधव प्रसाद पौडेलले उद्योग संघको स्थापना, संघका दीर्घकालीन तथा अल्पकालिन योजनाका बारेमा जानकारी गराउँदै उद्योग–व्यवसायको अवस्था, समस्याहरुको जानकारी गराउँदै सहकार्य गर्न आग्रह गरेका थिए ।
अध्यक्ष पौडेलले आर्थिक क्षेत्रको केन्द्र बिन्दुको रुपमा रहेको रुपन्देहीमा उद्योग–व्यवसाय क्षेत्रको हक हितका लागि सकृय उद्योग संघ स्थानीय निकाय तहसँग निरन्तर समन्वय गरेर अघि बढेको बताउँदै उद्योग÷व्यवसाय मैत्री वातावरण निर्माण गर्ने कार्यमा अगाडीका दिनमा सहकार्य गरेर जाने प्रतिबद्ध जनाएका थिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुखकार्यकारी अधिकृत विष्णु भुसालले आफु यस अघि उद्योगसँग सम्बन्धित निकायमा बसेको स्मरण गर्दै उद्योगी–व्यवसायीका समस्याका बारेमा केही बुझ्ने अवसर पाएको हुँदा त्यसको समाधानका लागि आफू सहयोगी बन्ने प्रतिवद्धता जनाए । उनले यस क्षेत्रमा उद्योगीहरुको चाहानामा देखिने खालको काम गर्ने योजनामा रहेको हुँदा त्यसका लागि सहयोग गर्न आग्रह गरे । भुसालले अहिले अवसर र चुनौती दुबै भएको राम्रो गर्ने नै आफ्नो सोंच रहेको धारणा राखेका थिए ।
त्यस अवसरमा बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले आफु प्राविधिक क्षेत्रको र युवा भएका कारण औद्योगिक विकासमा नयाँ ढंगले जानु पर्दछ भन्ने मान्यता लिएको बताए । उनले आफ्नो काम औद्योगिक विकासको क्षेत्र नै प्राथमिकताको क्षेत्रमा पर्ने हँुदा कुनै पनि राम्रा कामका लागि उद्योगीहरुको साथमा रहने प्रतिवद्धता जनाएका थिए । उनले मोतिपुर औद्योगिक क्षेत्र निर्माणका लागि सबै क्षेत्रको सहयोगको अपेक्षा समेत लिएको बताए ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता तथा महासचिव हरिबहादुर खत्रीको सञ्चालनमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, पूर्व अध्यक्ष दिनेशराज रेग्मी, पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।