२०८१ पुष १९
बुटवल, ३ कार्तिक ।
ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्व बोकेको बुटवललाई पुर्णरुपले चलायमान बनाउन यातायात क्षेत्रको भुमिका महत्वपुर्ण रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पश्चिम नेपाल बस ब्यबसायी प्रालिले गरेको बधाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिहरुले बुटवलको विकासका लागि एकिकृत योजना आवश्यक रहेको बताए ।
उनीहरुले बुटवल आसपासमा रहेका पर्यटकीय स्थलहरुलाई जोड्ने गरि यहाका ब्यवसायिक संस्थाहरु समन्वय र सहकार्यमा योजना बनाउनुपर्ने सुझाव दिएक । नेपालको पर्यटन क्षेत्रको बिकासमा यातायात क्षेत्रबाट योगदान दिदै आएको पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आफ्नो सेवा थप प्रभावकारी र गुणस्तरिय बनाउनु पर्नेमा समेत सहभागि बक्ताहरुले जोड दिए । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलको बसपार्कलाई नमुना बसपार्क बनाउने लक्ष्यसहित बहुतले पार्किङ्ग, कोसेली घर, क्यान्टिन निर्माण, शौचालयको ब्यबस्था लगायत निर्माणमा उपमहानगरपालिका अघि बढेको जानकारी समेत गराए ।
कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले सडकको दुरावस्थाकै कारण यातायात ब्यवसायीहरु चरम पिडामा रहेको भन्दै गुणस्तरिय सेवा दिदै आएको बताए । अध्यक्ष खरेलले सुरक्षित तरिकाले यात्रुहरुलाई गन्तव्यसम्म पुराउनु नै आफुहरुको कर्तब्य रहेको धारणा राखे ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले दुर्घटनाका कारण खोजी गरि त्यसलाई रोक्ने अभियान चलाएको बताए । आँखा परिक्षण, मेकानिकल जाँच कार्यलाई जोड दिएको उनले बताउदै सडक जाचभन्दा पनि सुरक्षामा जोड दिएको बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले सबैले जिम्मेवारीपुर्वक कर्तब्य पुरा गरे दुर्घटना कम हुने र यात्रा सुरक्षित हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका प्रबन्ध संचालक रामचन्द्र भुषालले यातायात क्षेत्रका बारेमा चर्चा गरेका थिए ।