२०८१ कार्तिक ६

ड्रिम देवदह १२ वटै वडामा बिस्तार गरिने
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २४, शुक्रबार १४:२६ गते

 

बुटवल,२४ कार्तिक ।
ड्रिम देवदह युनीटी फर चेन्जले देवदहका १२ वटै वडामा अभियन्ताहरु विस्तार गर्ने र वडास्तरीय सञ्जाल बनाउने अभियान शुरु गरेको छ । शुक्रबार देवदह ७ मा रहेको कालिका मन्दीरमा वडा नं ७ का अभियन्ताहरुको भेलामा धारणा राख्दै लुम्विनी विकास कोषका कोषाध्यक्ष समेत रहेका अभियान संयोजक सिद्धिचरण भटराईले उक्त अभियान शुरु गरेका हुन्।

वडा नं ७का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको समेत उपस्थीति रहेको भेलाले तेजु अर्यालको संयोजकत्वामा २५ सदस्यीय वडा अभियन्ता समुह बनाएको छ । भेलाको सहसंयोजक दिलकुमार विक रहेका छन् । अभियानका सदस्यहरुमा शंकर अधिकारी, शिशिर भटराई, अभिषेक आचार्य, सचिन शर्मा, अभिशेक थापा, एशिका मण्डल, मिलन विक, पुजा अधिकारी, मुना देवकोटा, दिपक चापागाई लगायत रहेका छन ।

अभियन्ता भटराईका अनुसार यो सिर्जनात्मक क्रियाशिलताको अभियान हो यो अभियानले हरेक वडामा देवदहलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन जागरण, साझेदारी र खबरदारीको भुमिकामा रहेर अभियान चलाउँछ ।

विगतमा पार्क सम्मेलन, पार्कमा कला अभियान मार्फत काष्ठकला र मुर्तिकला राष्ट्रिय कार्यशाला, परम्परागत मेला प्रबद्र्धन, पर्यटन सूचना केन्द्र स्थापन, फोटो प्रदर्शनी , देवदह माटो परिक्षण अभियानहरु सञ्चालन गर्दै आएको छ ।