२०८२ माघ १२
बुटवल २ माघ ।
मंगलबार सेयर बजार परिसूचक नेप्से एकैदिन ५४.५४ अंकले बढेको छ । आज नेप्से २ हजार १७५.१७ अंकमा पुगेको छ ।
आज तीन सय चार कम्पनीका दुई करोड ३३ लाख ७० हजार कित्ता सेयर आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।बम
आज नेप्सेका सबै समूहमा वृद्धि भएको छ। वित्त समूह सबैभन्दा धेरै ४.७५ प्रतिशतले बढ्दा जलविद्युत्, लगानी र लघुवित्त समूह तीन प्रतिशतभन्दा धेरैले बढेका छन्।