२०८३ जेष्ठ ४
बुटवल ९ फागुन ।
आज नेप्से परिसूचक ६.४६ अंक घटेको छ । अघिल्लो दिनको तुलनामा आज बुधवार सेयर बजार परिसूचक नेप्से ६.४६ अंकले घटेपछि नेप्से २०२६.५९ विन्दुमा झरेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार तीन अर्ब ११ करोड ३५ लाखको कारोबार भएकोमा आज ६३ लाख ४१ हजार एक सय ७४ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब २४ करोड ५४ लाखबराबरको सेयर कारोबार भएको छ।