२०८१ श्रावण १२

यूवा समाजसेवी घिमिरे अमेरिकाको नर्थ क्यारोलिनाका लागि पर्यटन प्रबद्धक नियुक्त
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १८, शुक्रबार ०६:१२ गते

काठमाण्डौं १८ फागुन ।
नेपाल सरकारले यूवा समाजसेवी बिक्रम घिमिरेलाई अमेरिकाको नर्थ क्यारोलिना राज्यको लागि पर्यटक प्रबर्द्धक नियुक्त गरेको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घिमिरेलाई उक्त पदमा नियुक्त गरेको हो । सरकारले नियुक्त गरेका पर्यटन प्रबर्द्धकहरु पहिलाका पर्यटन दूत जस्तै सम्मानित पद हो । सरकारले गत बर्षदेखि पर्यटन दूत नियुक्त गर्न छोडेको छ । घिमिरेसंगै सरकारले विभिन्न देशका विभिन्न सहरहरुमा २९ जना पर्यटन प्रबर्द्धकहरु नियुक्त गरेको छ ।
घिमिरेले एनआरएनए अमेरिकाका विभिन्न पदमा रहेर सामाजिक काम गरिसकेका छन् । उनी यस अघि नै नर्थ क्यारोलिनाका लागि पर्यटन दूत भएर काम गरिसकेका यूवा व्यक्तित्व हुन् ।
पर्यटन प्रवर्द्धनमा सक्रिय घिमिरेलाई यही २०८० फाल्गुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट नर्थ क्यारोलिनाको पर्यटन प्रबर्द्धकमा नियुक्ति गरिएको हो ।
दुई वर्षे कार्यकालका लागि घिमिरे नियुक्त भएका हुन् । पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ ।
नवनियुक्त पर्यटन प्रबद्धक घिमिरेले पर्यटन प्रबद्धक पदमा नियुक्त भएकोमा नेपाल सरकारप्रति आभार प्रकट गरेका छन् ।