२०८१ श्रावण १२

नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १८, शुक्रबार ०७:३७ गते

 

काठमाडौं १८ फागुन।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आजको खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ । शुक्रबार जारी नेपालको तेस्रो खेलमा कुशल मल्लको अर्धशतक मद्दतमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनायो । कुशल मल्ल ५५ रनका साथ नट आउट रहे ।
आरिफ शेख ३१ रनमा आउट भए ।
त्यस्तै ओपनर अनिल साह २३ रन बनाउँदै आउट भए भने गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भएका थिए।
दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।