२०८१ श्रावण १२

नामिबियामाथि नेपालको जित
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १८, शुक्रबार १०:१० गते

काठमाडौं १८ फागुन।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आजको खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।
जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।