२०८१ श्रावण १२

राममणि क्याम्पसको वार्षिकोत्सवमा विविध कार्यक्रम 
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १०, मंगलवार ०८:०५ गते

बुटवल, ९ फागुन । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरित्त क्रियाकलाप सञ्चालन भएका छन् ।
पछिल्लोपटक समापन भएका खेलकुदमध्ये एकसय मिटर दौडमा छात्रतर्फ अस्मित खड्का पहिलो, विशाल श्रेष्ठ दोस्रो, शिशिर थापामगर र प्रकाश भुर्तेल तेस्रो तथा देवीलाल भट्टराई सान्त्वना भएका छन् । त्यस्तै, एकसय मिटर दौडमा छात्रातर्फ स्वस्तिका डुम्रे पहिलो, अस्मिता कण्डेल दोस्रो, अस्मिता गैह्रे तेस्रो तथा भावना भट्टराई सान्त्वना भएका छन् ।
वार्षिकोत्सवका अवसरमा आयोजित भलिबल प्रतियोगितामा छात्रतर्फ वी.वी.एस. दोस्रो वर्ष सेक्सन ए पहिलो र वी.वी.एस. दोस्रो वर्ष सेक्सन वी दोस्रो भएका छन् । छात्रातर्फको भलिबल प्रतियोगितामा वी.वी.एस. पहिलो वर्ष समूह पहिला र प्लस टु समूह दोस्रा भएका छन् । शटपुट प्रतियोगितामा छात्रतर्फ सुजन आचार्य पहिलो, ललित गुरूङ् दोस्रो र रोशन बलाल तेस्रो भएका छन् भने छात्रातर्फ चन्दा सारू थापा पहिलो, सृजना क्षेत्री दोस्रो र सरू गिरी तेस्रो भएका छन् ।
त्यस्तै टेबल टेनिस प्रतियोगितामा ललित गुरूङ् पहिलो, हेमन्त रास्कोटी दोस्रो र पवन वाग्ले तेस्रो भएका क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मण खरेलले जानकारी दिए ।