२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु,पहिलो बैठक पाँच मिनेटमै सकियो
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १८, शुक्रबार १२:४३ गते

बुटवल १८ फागुन ।
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु भएको छ। दिउँसो करिब सवा ३ बजेदेखि सुरु भएको बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए।
त्यस्तै मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । बैठक पाँच मिनेटमै सकिएको थियो । । पत्र पढेर सुनाएपछि सभामुखले फागुन १९ गते शनिबार दिउसो २ बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको घोषणा गरेका थिए । शनिबारको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ।