२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री प्रचण्डको विशेष सम्बोधन
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १९, शनिबार १२:४२ गते

बुटवल १९ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार लुम्बिनी प्रदेश सभामा बिशेष सम्बोधन गरेका छन् । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाउनुपर्ने धारणा राखे ।
प्रदेशलाई उदाहरणीय बनाउनुपर्ने उल्लेख गर्दै उनले प्रदेशमा देखिएका हरेक चुनौतीलाई पार गर्दै सम्भावनाहरू बोकेर अगाडि बढ्र्नेमा जोड दिए । संघीयताविरोधी आवाजहरूलाई विकास र व्यवहारले जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनी प्रदेशले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिश्वास पनि ब्यक्त गरे । प्रदेशलाई बलियो बनाउनका लागि कानुन निर्माणको प्रक्रियासमेत अघि बढिसकेको उनले बताए।
संविधान निर्माण भएको ८ वर्ष भइसक्दा पनि संघीयता कार्यान्वयनमा रुचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकार हस्तान्तरण गर्न नचाहने प्रवृत्ति हावी हुँदा समस्या रहेको भन्दै उनले यसलाई तोड्नुपर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले संघले ससर्तका नाममा केन्द्रबाट योजना तोकेर पठाउने गरेको भन्दै उनले यो सोचलाई तोडेर प्रदेश र स्थानीय तहलाई अधिकार दिने गरी तयारी गरेको प्रस्ट्याए।