२०८१ श्रावण १२

सेयर बजारमा तेस्रो सर्टिक ब्रेक लागेर आजको कारोबार बन्द
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २१, सोमबार ०७:२६ गते

बुटवल २१ फागुन ।
आज सोमबारको सेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेर कारोबार बन्द भएको छ । आज
४० मिनेटपछि खुलेको सेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेको छ। तेस्रो सर्किट ब्रेक लागेसँगै आज दिनभरिका लागि कारोबार बन्द भएको हो।
दोस्रो सर्किट ब्रेक खुलेको एक मिनेट नहुँदै तेस्रो सर्किट ब्रेक लागेको थियो। १९७६ अंकबाट शुरु भएको नेप्से सूचक १२ः०४ बजेसम्म नेप्से सूचक ११७.१७ अंकले बढ्दै २०७८ अंकमा उक्लिएको छ ।
आज बजार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भएको थियो। सेयर बजार खुलेको १ घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएमा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ।
पहिलो सर्किटपछि सेयर बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो। दोस्रो सर्किटपछि खुलेको १ मिनेट अर्थात् ११ बजेर २४ मिनेटमै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो।
सेयर बजार खुलेको एक घण्टाअघि नेप्से परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि कारोबार बन्द हुने गर्दछ भने दुई घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि कारोबार बन्द र ६ प्रतिशतले बढेमा दिनभरिको कारोबार नै बन्द हुने गर्दछ। यसअघि गत मंसिर २५ गते पनि बजारमा यस्तो सर्किट ब्रेक लागेको थियो। आज ३७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।